
१८ माघ, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित भएर आएको अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक परिमार्जन सहित पारित गरेको छ ।
विधेयकले संघीय सरकारको संघीय आयोजना र संघीय सरकारको अनुदानमा सञ्चालित आयोजना अनुगमन तथा मूल्यांकन गर्ने व्यवस्था गरेको छ ।
२८ फागुन २०७६ मा राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक २३ माघ २०७९ मा पारित भएर प्रतिनिधि सभामा आएको थियो ।
त्यो विधेयकमाथि झण्डै १ वर्षपछि गत आइतबारदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4