+
+

जनताको सवाल राजनीतिको मुद्दा बन्नुपर्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते २०:३१

१८ माघ, जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरुप आफूले संवाद यात्रा गरेको बताएका छन् ।

झापाबाट सुरु गरेको संवाद यात्राको क्रममा बिहीबार महोत्तरीको भोल्हीमा नेपाल प्रेस युनियन महोत्तरी शाखाले गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले समुदायको समस्या बुझ्ने यात्रामा रहेको बताए ।

जनताको सवाल राजनीति मुद्दा बन्नुपर्ने बताउँदै उनले भने ‘युवाको रोजगारीको विषय, किसानको सिँचाइ समस्या, विद्यार्थीको पढाइको अवस्था, स्वास्थ्य र खेतखलिहानको विषय राजनीति मुद्दा बन्नुपर्छ ।’

उनले धनुषा-महोतरीका किसान निलगाईले बाली खाइदिने समस्याबाट आक्रान्त रहेको आफूले जानकारी पाएको बताए । ‘किसानको खेतमा सिँचाइको समस्या छ । तर यो समस्याको विषयमा राजनीतिमा छलफल हुदैन । छलफलमा यस्ता विषय उठाउन खोज्दा उठाउनै दिइँदैन’, उनले भने, ‘जनताले दैनिक भोगिरहेको समस्या बारे गठबन्धन सहितको राजनीति दलको प्राथमिकतामा परेको छैन ।’

आफूले गरेका कमीकमजोरी पत्ता लगाउन समेत यो संवाद कार्यक्रमले मद्दत पुग्ने महामन्त्री थापाको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?