+
+

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एनसेल फोरजी सेवा थप सुधार

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १२:४२

काठमाडौं । एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीय स्तर र क्षेत्रमा फोरजी सेवा थप सुधार गरेको छ । यससँगै यी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकले अब सुधारिएको फोरजी सेवामा पहुँच पाएका छन् ।

आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले यी स्थानहरुका फोरजी सेवामा थप सुधार गरेकोे कम्पनीले जनाएको छ । देशका अन्य स्थानहरुमा पनि आवश्यकता अनुसार लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीको भनाइ छ ।

हाल फोरजी सेवा सुधार गरिएका स्थानीय स्तर तथा क्षेत्रहरुमा सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा रहेको छन् ।

त्यसैगरी लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिदार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर रहेका छन् ।

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धता बमोजिम ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै १८ जेठ २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो । हाल यो सेवा ७७ वटै जिल्लामा विस्तार गरि सकेको र कुल जनसंख्याको ९२.०९ प्रतिशत जनतामाझ यो सेवा पुगेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?