+

भारतसँग नेपालले पहिला फिल्डिङ गर्दै

२०८० माघ  १९ गते १३:२६ २०८० माघ १९ गते १३:२६
भारतसँग नेपालले पहिला फिल्डिङ गर्दै

१९ माघ, काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स टोली भारतसँग टस हारेको छ । भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

नेपालले १:४५ पछि सुरु हुने खेलमा नेपालले टस हार्दै पहिला फिल्डिङ गर्ने निम्तो पााएको छ । नेपाल सुपर सिक्सका खेल खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएको थियो ।

नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । उता भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा पनि नेटरनरेटको कारण सेमिफाइनल खेल्ने देखिन्छ । नेपाल अन्तिम खेलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ ।

नेपाल भर्सेस भारत यू-१९ विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय