
काठमाडौं । लेखक जयदेव गौतमको निबन्ध संग्रह ‘ती निला आँखा’ सार्वजनिक भएको छ । शक्रबार नेपाल स्रष्टा समाजले काठमाडौंमा आयोजना गरेको समारोहमा पत्रकारसमेत रहेका गौतमको निबन्ध संग्रह लोकार्पण गरियो ।
कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले गौतमले अस्वस्थ हुँदाहुँदै पनि यो निबन्ध संग्रह ल्याएको प्रसंग उठाउँदै एउटा सर्जकले जुनै अवस्थामा पनि सिर्जना गर्नसक्ने बताए । समीक्षक डा. रजनी ढकालले पुस्तकमा संग्रहित निबन्धहरूका विभिन्न आयामबारे चर्चा गरिन् ।
साहित्यकार भीष्म उप्रेतीले निबन्धले विचारको सिर्जना गर्न सक्नुपर्ने बताए । निबन्धकार श्रीओम रोदनले गौतमको निबन्ध लेखनशैलीको प्रशंसा गरे ।
साझा प्रकाशनद्वारा प्रकाशित ‘ती निला आँखा’मा २१ निबन्ध समेटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4