१९ माघ, काठमाडौं । नेपाल भलिबल संघ एनभीएका अध्यक्ष जितेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभाको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
थाइल्याण्डमा भएको काभाको साधारणसभाबाट चन्द उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएको एनभीएले जनाएको छ ।
चन्दले सन् २०२८ सम्म काभाको दक्षिण एसियाको उपाध्यक्षको जिम्मेवारीमा रहने छन् ।
यसअघि काभाको कोषाध्यक्षको जिम्मेवारीमा रहेका चन्दले २१ सदस्यीय कार्यसमितिमा दक्षिण एसियाको तर्फबाट उपाध्यक्षसँगै कोषाध्यक्षको जिम्मेवारीमा पनि निरन्तरता पाएका छन् ।
साधारणसभाबाट माल्दिभ्सका मोहम्मद लतिफ पुन: काभाको अध्यक्षमा निर्वाचित भएका छन् ।
काभाको साधारणसभामा भाग लिन एनभीएमा अध्यक्ष चन्दसँगै महासचिव रोशन श्रेष्ठ हाल थाइल्याण्डमा छन् ।
प्रतिक्रिया 4