
१९ माघ, विराटनगर । इटहरी उपमहानगरपालिकाले हात्तीलाई रोक्नका लागि बस्ती छेउमा पर्खाल बनाएको छ । जंगली हात्तीको आउजाउ बाक्लो भएपछि वडा नम्बर २ को जंगल क्षेत्रमा ६ फिट अग्लो पर्खाल बनाउन थालेको हो ।
हात्ती आतंक रोक्नका लागि ६ फिट अग्लो पर्खाल बनाउन थालिएको मेयर हेमकर्ण पौडेलले बताए । उपमहानगरपालिकाले हात्ती प्रभावित क्षेत्रमा हात्ती भगाउनका लागि साइरन र बत्ती जडानको काम गरिरहेको छ ।
भारतबाट आएको जंगली हात्तीको समूहले स्थानीयको घर भत्काउनुका बालीनालीमा पनि क्षति पुर्याएको छ । गत १३ मंसिरमा जंगली हात्तीको आक्रमणबाट इटहरी–२ का रबिन खड्काको मृत्यु भएको थियो ।
कोशी प्रदेशका झापा,मोरङ र सुनसरीमा तीन महिनादेखि जंगली हात्तीको आतंक छ । हात्तीको आक्रमणबाट तीन जिल्लामा पछिल्लाे तीन महिनामा ६ जनाको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4