१९ माघ, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध दोस्रो विकेट गुमाएको छ ।
युवा विकेटकिपर उत्तम थापामगर स्पिर सौम्य पाण्डेको बलमा सट मिडविकेटमा आदर्श सिंहबाट ८ रनमा क्याच आउट भएका हुन् ।
जितको लागि २९८ रनको बलियो विजयी लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा २ विकेट गुमाउँदै ६६ रन बनाएको छ ।
ओपनर अर्जुन कुमाल ६० बलमा ३ चौकासहित २५ र कप्तान देव खनाल १ रनमा क्रिजमा छन् ।
नेपाललाई ओपनर अर्जुन कुमाल र दीपक बोहराले पहिलो विकेटका लागि १३.२ ओभरमा ४८ रनको संयमित सुरुवात दिलाएका थिए ।
तीव्र गतिका बलर राज लिम्बानीको सट बल पुल सट खेल्ने चक्करमा एज लागेर दीपक बोहरा कट एण्ड बोल्ड आउट हुन पुगेका थिए । दीपकले ४२ बल ३ चौका हानेका थिए ।
त्यसअघि माङ्गाउङ ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो ।
भारतका सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ तथा उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भएका थिए ।
प्रतिक्रिया 4