
१९ माघ, काठमाडौं । ट्रेड म्यानेजमेन्ट सिष्टम (टीएमएस) मर्मतको लागि बन्द हुँदा सेयर कारोबारको सेटलमेन्टमा समस्या भएर रकम भुक्तानीमा ढिलाइ भएको स्टक ब्रोकर एसोसिएसन नेपालले जनाएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ४ माघदेखि ३ दिनसम्म टीएमएस मर्मतका लागि बन्द हुँदा सेयर बिक्रीको भुक्तानी र सेटलमेन्टमा समस्या भएको बताएको हो ।
केही दिनदेखि लगानीकर्ताहरुले आफ्नो बिक्री गरेको सेयरको रकम समयमा नै प्राप्त गर्न नसकेको गुनासा आएपछि एसोसिएसनले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो ।
३ र ४ माघमा ठूलो परिमाणमा धेरै पटक सेयर कारोबार भएको र ३ माघको नियमित राफसाफ ५ माघमा हुनुपर्ने थियो । तर, ४ माघ रातिबाट टीएमएस मर्मतका लागि बन्द हुँदा राफसापमा समस्या भएको हो ।
जसका कारण ४ र ५ माघमा राफसाफ भएका बिलहरुको भुक्तानी ७ माघदेखि मात्र भुक्तानी प्रोसेसिङ गर्न सकेको जनाइएको छ ।
२, ३ र ४ माघको कारोवार भुक्तानी टीएमएसबाट ७ माघदेखि मात्र भुक्तानी प्रक्रिया सुरु गर्न मिलेका कारण ‘पेमेन्ट गेटवे’ मा अधिक चाप पर्न गएको दाबी सेयर ब्रोकरहरुको संस्थाले गरेका छन् ।
टीएमएस मर्मत भइसकेपछि सो प्रणाली मार्फत् विद्युतीय माध्यमबाट भुक्तानी प्रक्रिया गरिएका कतिपय कारोबारहरु केही दिनसम्म पनि प्रोसेसिङमा नै रहेको र ग्राहकको खातामा पैसा जम्मा नभएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4