+

आहारारा पोखरा गोल्डकप : उपाधिसहित विधागत पुरस्कारमा आर्मीको वर्चश्व

२०८० माघ  २० गते १७:४१ २०८० माघ २० गते १७:४१
आहारारा पोखरा गोल्डकप : उपाधिसहित विधागत पुरस्कारमा आर्मीको वर्चश्व

२० माघ, पोखरा  । मोफसलको परिचित फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपको २३ औं संस्करणमा शीर्ष उपाधिसहित विधागत पुरस्कारमा विभागीय टिम नेपाल आर्मीले वर्चश्व कायम गरेको छ ।

आर्मीले वर्षोत्कृष्ट खेलाडीसहित ६ विधाबाट पुरस्कृत भएको छ । आर्मी बेस्ट प्लेयरसहित डिफेन्डर, फरवार्ड, मिडफिल्डर, गोल रक्षक र प्रशिक्षक विधामा उत्कृष्ट ठहरियो ।

आर्मीका विमल पाण्डे खेलकै उत्कृष्ट खेलाडी घोषित भए । उनले बेस्ट प्लेयर अवार्डसँगै टेल्जी स्कुटर प्राप्त गरे । उनी प्रतियोगिताको बेस्ट डिफेन्डर अवार्ड पनि पाएका छन् ।

आर्मीकै दिनेश हेन्जन ३ गोलसहित जारी प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने । आर्मीकै विमल पाण्डे बेस्ट डिफेन्डर बन्दा जिलेप्सीजंग कार्की बेस्ट फरवार्ड बने । त्यस्तै, आर्मीलाई पहिलो पटक आहाराराको उपाधि जिताएका प्रशिक्षक मेघराज केसी उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

आर्मीकै भरत खवास र थ्रीस्टारका गोल रक्षक पब्लिक च्वाइस अवार्ड पाउँदा आर्मीका गोल रक्षक समित श्रेष्ठ प्रतियोगिताकै उत्कृष्ट गोल रक्षक बनेका छन् ।

प्रतियोगितामा फेयर प्ले अवार्ड र बेस्ट मिडफिल्डर अवार्डमात्रै आर्मी बाहेकको टिमले जित्यो । फेयर प्ले अवार्ड जावलाखेल युथ क्लबले जितेको छ भने बेस्ट मिडफिल्डर थ्रीस्टारका विवेक पौडेल बनेका छन् ।

शीर्ष उपाधि विजेता त्रिभुवन आर्मी क्लबले १२ लाख १ हजार रुपैयाँ प्राप्त गरेको  छ भने उपविजेता बनेको थ्रीस्टार क्लबले ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।

कसले के पाए ?

वर्षोत्कृष्ट खेलाडी : विमल पाण्डे, आर्मी

सर्वाधिक गोलकर्ता : दिनेश हेन्जन, ३ गोल, आर्मी

फेयर प्ले :  जावलाखेल

बेस्ट डिफेन्डर : विमल पाण्डे, आर्मी

बेस्ट मिडफिल्डर : विवेक पौडेल, थ्रीस्टार

बेस्ट फरवार्ड :  जिलेप्सीजंग कार्की, आर्मी

बेस्ट किपर : समित श्रेष्ठ, आर्मी

बेस्ट कोच : मेघराज केसी, आर्मी

पब्लिक च्वाइस अवार्ड : भरत खवास (आर्मी) र अभिषेक बराल (थ्रीस्टार)

हेर्नुहोस् विधागत पुरस्कार पाउने खेलाडी र प्रशिक्षक 

 

तस्वीरहरु : सुदर्शन रञ्जित । 

आहा ! रारा गोल्ड कप त्रिभुवन आर्मी क्लब फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय