+
+

माथिल्लो तामाकोशीको लिलामी सेयरमा कटअफ मूल्य १४७ रुपैयाँ कायम

सोमबारदेखि पैसा फिर्ता हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते ८:४०

२१ माघ, काठमाडौं । माथिल्लो तमाकोशी हाइड्रोपावर कम्पनीको लिलामी सेयरमा कटअफ मूल्य १४७ रुपैयाँ कायम भएको छ । यसअघि प्रारम्भिक कटअफ प्राइस १४६ रुपैयाँ देखिए पनि सबै आवेदनहरु समावेश हुँदा कट अफ प्राइस बढेको बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

प्रतिकित्ता १४७ रुपैयाँभन्दा बढी रकम प्रस्ताव गर्दै आवेदन दिने सबैले सेयर पाउने छन् । बिहीबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता २१० रुपैयाँ छ । हाल सूचीकृत बराबरकै हकप्रद सेयर संख्या थपिँदा मूल्यमा चाप पर्न सक्नेछ ।

यसअघि हकप्रदमा नबिकेको कुल १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरिएको थियो । सो सेयर बाँडफाँट भइसकेको छ । भोलि सोमबारदेखि सेयर नपाउने आवेदकको बैंक खातामै रकम फिर्ता गरिने क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?