
२१ माघ, काठमाडौं । सुनको भाउ आइतबार तोलामा ६ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार १ लाख १८ हजार ९ सय रुपैयाँ कायम भएको हो । अन्तर्राष्ट्रय बजारमा शुक्रबार कारोबार बन्द हुँदा सुनको मूल्य प्रतिऔंस २०३९ अमेरिकी डलर कायम भएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १४१५ रुपैयाँ रहेको चाँदी आइतबार १३९५ रुपैयाँमा झरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4