+
+

डा. अरुण शाहीले गरे पुरस्कारबापत पाएको रकम सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १८:४४

काठमाडौं । वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. अरुण शाहीले एनआरएनए,क्यालिफोर्निया अमेरिकाले आफूलाई प्रदान गरेको पुरस्कारबापतको रकम नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीलाई हस्तान्तरण गरेका छन् ।

डा. शाही गत पुस ९ गते उक्त पुरस्कारबाट सम्मानित भएका थिए । आइतबार आइतबार विश्व क्यान्सर दिवसको अवसर पारेर काठमाडौंमा आयोजित समारोहमा उनले ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार रकम सोसाइटीलाई सहयोग गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंह, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की समेत उपस्थित थिए । त्यस अवसरमा क्यान्सर रोकथामबारे अन्तरक्रिया समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?