+

हरि रिमालले हङकङमा जिते हाफ म्याराथनको उपाधि

२०८० माघ  २२ गते ८:२६ २०८० माघ २२ गते ८:२६
हरि रिमालले हङकङमा जिते हाफ म्याराथनको उपाधि

२१ माघ, काठमाडौं । नेपालका धावक हरि रिमालले हङकङमा हाफ म्याराथनको उपाधि जितेका छन् ।

हरिले हङकङमा सम्पन्न चाइना कोस्ट म्याराथनअन्तर्गत पुरुष हाफ म्याराथनको खुलाको उपाधि जितेका हुन् ।

उनले निर्धारित दूरी १ घण्टा १९ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जिते । नेपाली सेनाका रिमाल यो प्रतियोगिता जित्ने पहिलो नेपालीसमेत बनेका छन् ।

लोङ चाङ १ घण्टा ३२ मिनेट ४८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए । यस्तै १ घण्टा ३४ मिनेट १० सेकेण्डमा दौड पूरा गर्दै क्विङ गोङ तेस्रो भए ।

एथलेटिक्स भेटेरियन्स अफ चाइनाले आयोजना गरेको यस प्रतियोगितामा नेपालमा रिमाल  सहभागी थिए ।

ओलम्पिक रिमालले नेपालमा मध्यमदूरी देखि म्यारथनसम्म सहभागिता जनाएका छन् ।

हरि रिमाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय