+
+

विराट शिक्षण अस्पतालको छुट्टै क्यान्सर इन्ष्टिच्युट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १०:५९

२२ माघ, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले ‘विराट क्यान्सर इन्ष्टिच्युट’ सञ्चालनमा ल्याएको छ ।

करिब चार अर्ब लागतमा एक सय बेडको क्यान्सर ईन्स्टिच्युट सञ्चालनमा ल्याएको हो ।

रेवन्त-रूपमणी फाउन्डेसनबाट सञ्चालित इन्स्टिच्युटको  क्यान्सर दिवसको अवसर पारेर कांग्रेस नेता डाक्टर शेखर कोइरालाले उद्घाटन गरे ।

विराट मेडिकल कलेजका १२ सय शैय्यामध्ये १०० शैय्या क्यान्सर रोग विभागको लागि छुटयाएको विराटका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।

रेवन्त–रूपमणी फाउन्डेसनबाट सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सरसम्बन्धी सम्पूर्ण उपचार सस्तो मूल्यमा गर्ने कार्कीको दाबी छ ।

क्यान्सरको उपचार  र शल्यक्रियाका लागि आधुनिक प्रविधिको रेडिएसन पद्दतिद्वारा क्यान्सरको उपचार गर्ने उनले बताए ।

क्यान्सरका बिरामी चितवन र विदेश जान नपर्ने डा कार्कीको भनाइ छ ।

इन्स्टिच्युटले रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल अंकोलोजी (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टीक म्यामोग्राफी, प्रिभेन्टीभ अन्कोलोजी सेवा सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?