+
+

त्रिविको मानविकी संकायले भन्यो : अनलाइन कक्षा नचलाउनू

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १४:३५

२२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायको डीनको कार्यालयले अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ ।

डीनको कार्यालयका अनुसार स्नातकोत्तर, अधिनास्तक (पीजीडी) स्नातक तहका शैक्षिक कार्यक्रमहरु भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । तर, कतिपय विभाग, क्याम्पस, कलेजहरुले अनलाइनमार्फत कक्षा सञ्चालन गर्ने सूचना प्रकाशित गरेको पाइएको र त्यस सूचनाप्रति डीन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो ।

डीनको कार्यालयले सूचना जारी गर्दै कतै अनलाइन कक्षा सञ्चालन भएमा त्यस्ता विभाग, क्याम्पस, कलेज नै जिम्मेवार हुने र त्यसरी अध्ययन गरेका विद्यार्थीहरुको सत्रान्त परीक्षा सञ्चालन गर्न डीन कार्यालय बाध्य नहुने समेत उल्लेख गरेको छ ।

कार्यालयले त्रिभुवन विश्वविद्यालय विद्युतीय माध्याम (अनलाइन) को प्रविधिबाट गरिने कक्षा सञ्चालन एवं खुला तथा दूर शिक्षा कार्यक्रम सञ्चालन सम्बन्धी विनियम, २०७७ अनुसारको प्रक्रिया पूरा भइनसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?