+
+

गैरसरकारी विधेयक अभ्यास गर्ने रास्वपाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १६:४५

२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको चालु अधिवेशनमा विभिन्न विषयमा गैरसरकारी विधेयक अघि बढाउने तयारी गरेको छ ।

सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि बसेको रास्वपाको संसदीय दलको बैठकमा गैरसरकारी विधेयकको अभ्यास गर्ने विषयमा छलफल भएको सांसद मनिष झाले जानकारी दिए ।

नेपालको संसदीय अभ्यासमा धेरै विधेयक सरकारले नै ल्याउने प्रचलन छ । तर सांसदहरुले आफ्नो विज्ञता भएको विषयमा विधेयक तयार गरी गैरसरकारी विधेयकका रुपमा संसदमा दर्ता गराउन सक्छन् ।

रास्वपाका सहप्रवक्तासमेत रहेका झाले केही सांसदहरुले आफूहरु गैरसरकारी विधेयक ल्याउने विषयमा अध्ययनमा रहेको जानकारी गराएका थिए । पार्टीका उपसभापति स्वर्णिम वाग्लेले गैर सरकारी विधेयक ल्याउँदा ध्यान दिनुपर्ने विषयमा सांसदहरुलाई जानकारी गराएका थिए ।

केही सांसदहरुले क्षेत्रगत रुपमा काम गर्दैछु भनेका छन् । काम गर्दै गर्दा के के कुरामा ध्यान दिनुपर्छ, न्यूनतम के कुरा ख्याल गर्नुपर्छ भनेर उपसभापति स्वर्णिम वाग्लेले ओरेन्टेसन दिनुभयो’, झाले भने ।

बैठकमा पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले चालु अधिवेशनमा सरकारले ल्याउन लागेको विधेयकबारे जानकारी लिएर ती विधेयकबारे सम्बन्धित क्षेत्रका विज्ञहरुसँग बुझेर आफूलाई तयारी अवस्थामा राख्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?