
२२ माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, बुद्ध मन्दिर परिसरभित्र भण्डारण गरेर राखिएको पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।
प्रहरी वृत्त, नागढुंगाका अनुसार, मन्दिरमा निर्माणाधीन भवनको भर्याङमुनि रहेको रिजर्भ पानीमा डुब्दा धादिङको गजुरी गाउँपालिका घर भएका १० वर्षीय सबिन तामाङ गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते अवस्थामा उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा लगिएपनि उपचारका क्रममा मृत्यु भएको थियो । यसबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4