
२२ माघ, बुटवल । लुम्बिनी प्रदेश सभाको हिउँदे अघिबेशन फागुन १८ गते शुक्रबार आह्वान गरिएको छ ।
संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रीपरिषदको निणर्य सहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफारिस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4