+
+

बमबहादुर कार्कीको अध्यक्षतामा सांस्कृतिक परिषद्को कार्यसमिति गठन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १७:३८

काठमाडौं । वरिष्ठ लोक तथा दोहोरी गायक बमहादुर कार्कीको अध्यक्षतामा सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् गठनको कार्यसमिति गठन भएको छ । मंगलबार काठमाडौंमा आयोजित परिषद्को प्रथम अधिवेशनले १४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । केही महिनाअघि परिषद्को तदर्थ समिति बनाइएको थियो ।

परिषद्को वरिष्ठ उपाध्यक्षमा विष्णु खत्री, उपाध्यक्षमा राजु परियार, महासचिवमा बैकुण्ठ महत, सचिवमा केशरी घर्ती मगर र कोषाध्यक्षमा टीका पुन निर्वाचित भएका छन् । सदस्यहरुमा खर्क बुढा मगर, शिवा आले, खड्ग गर्बुजा, प्रा. डा. ऋषिराम शर्मा, नरहरि प्रेमी, कमलीकान्त भेटुवाल, रामप्रसाद कँडेल र मनोजसिंह धामी छन् । बाँकी तीन सदस्य मनोनित गर्ने जनाइएको छ ।

उक्त अवसरमा लोकदोहोरी र संगीत क्षेत्रका व्यक्तिलाई समेटेर ४० जना आजीवन सदस्य पनि घोषणा गरियो ।

संस्थाले संगठन निर्माणमा जोड दिने, प्रकाशन र दस्तावेजीकरणमा जोड दिने, लोपोन्मुख संस्कृतिको संरक्षण गर्ने, सरकार र राष्ट्रसंघीय नियोग युनेस्कोसँग सहकार्य गरी मूर्त र अमूर्त संस्कृतिको खोज अनुसन्धान गर्ने योजना तय गरेको छ ।

सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव महतले प्राज्ञिक माध्यमबाट संस्कृतिको क्षेत्रमा योगदान दिने उद्देश्य संस्थाको रहेको उल्लेख गरे । कार्यक्रमको प्रमुख आतिथ्यता संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले गरेकी थिइन् । उनले संस्कृति जगेर्ना गर्न यो संस्थाको योगदान महत्वपूर्ण हुने बताइन् ।

कार्यक्रममा वरिष्ठ साधक तथा नृत्यशास्त्री ९२ वर्षीय भैरवबहादुर थापालाई अभिनन्दन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?