+

आईसीसी विश्वकप क्रिकेट लिग टुमा नेपालले पहिलो खेल नामिबियासँग खेल्ने

२०८० माघ  २३ गते १७:५६ २०८० माघ २३ गते १७:५६
आईसीसी विश्वकप क्रिकेट लिग टुमा नेपालले पहिलो खेल नामिबियासँग खेल्ने

२३ माघ, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टुमा नेपालले पहिलो खेल नामिबियासँग खेल्ने भएको छ ।

नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित लिग टुको पहिलो शृंखला नेपालले फागुन ३ गतेदेखि आयोजना गर्दै छ ।

नेपाल क्रिकेट संघले सार्वजनिक गरेको तालिका अनुसार पहिलो खेल ३ फागुनमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ ।

यस्तै दोस्रो खेल ५ फागुनमा नेपाल र नेदरल्याण्ड्सबीच हुने छ ।

७ फागुनमा नामिबिया र नेदरल्याण्ड्स, ९ फागुनमा नेपाल र नामिबिया ११ फागुनमा नेदरल्याण्ड्स र नामिबिया तथा १३ फागुनमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने छ ।

नेपाल भर्सेस नामिबिया नेपाल भर्सेस नेदरल्याण्ड्स लिग टु क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय