
२४ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले सरकारले चालेको सुशासन कायम गर्न न्यायालय नै बाधक देखिएको बताएकी छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, बाँसबारी छाला जुत्ता जग्गा प्रकरण र सुक तस्करी काण्डमा यस्तो अवस्था देखिएको उनको भनाइ छ ।
‘जब फाइल अदालत पुग्छ, न्याय मर्छ र भ्रष्टले जित्छ भन्ने भएको छ’, उनले भनेकी छन्, ‘ललिता निवास, नक्कली भुटानी शरणार्थी काण्ड, सुन काण्ड, अहिले बाँसबारी छाला जुत्ता जग्गा काण्डसम्म त्यो अवस्था देखिएको छ ।’
सर्वसाधारण जनता न्याय माग्न सर्वोच्च अदालत पुगे वर्षौसम्म पर्खाइमा रहनुपर्ने, नाती पुस्तासम्म धाइरहनुपर्ने तर, भ्रष्टाचारको विषय पुग्दा छिट्टै अगाडि बढ्ने र त्यो भ्रष्टहरुको पक्षमा हुने गरेको उनको टिप्पणी छ ।
प्रतिक्रिया 4