
काठमाडाैं । एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न पाउने भएका छन् । ग्राहकले एकदमै रुचाएको यो डबल मजा अफर तीन प्याकका साथ पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ ।
७ दिने यो अफरमा कर सहित १५० रुपैयाँमा ५ जीबी डेटा वा २०० रुपैयाँमा ८ जीबी डेटा लिन सक्छन् । त्यसैगरी ८८८ रुपैयाँमा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा खरिद गर्न सक्छन् ।
यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको भ्यालिडिटी नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।
उदाहरणका लागि यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरेमा १६ जीबी डेटा बोनसका रुपमा प्राप्त गर्नेछन् ।
डबल मजा प्याक खरिद गर्न ग्राहकले एष्ट्रिक्स१७१२३ह्यास डायल गर्न सक्छन् ।
हालैमात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानल मार्फत यो प्याक किन्न सकिन्छ ।
थप परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा
प्रदान गरिने भएकोले ग्राहकलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रही रहन ठूलो सहयोग पुग्ने विश्वास एनसेलको छ ।
प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जति पटक पनि यो प्याक खरिद गरी सञ्चित हुने डेटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन सक्छन् ।
७ दिन भ्यालिडिटी भएका १५० रुपैयाँ र २०० रुपैयाँका डबल मजा प्याकमा पाइने बोनसको सञ्चित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिन्छ । त्यसैगरी ८८८ रूपैयाँको प्याकमा पाइने सञ्चित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ ।
यसैबीच एनसेलले कर सहित २२० रुपैयाँमा ७ दिन भ्यालिडिटी भएको कम्बो प्याक पनि ल्याएको छ । यो प्याकमा ग्राहकले ४ जीबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्दछन् ।
प्रतिक्रिया 4