+
+

सोखका लागि फोटो खिच्ने निमाले जिते विश्वप्रतिष्ठित अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १८:५९
वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपल्स चोइस अवार्ड जितेको फोटो

२५ माघ, काठमाडौं । रमाइलो र सौखका लागि फोटो खिच्दै आएका ब्रिटेनका निमा सारिखानीले विश्व प्रतिष्ठित ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपल्स चोइस अवार्ड’ जितेका छन् । पानीमाथि तैरिरहेको बरफमाथि सुतिरहेको भालु (पोलर बियर) को फोटोबाट उनले उक्त अवार्ड जितेका हुन् ।

सिरिखानीले यो फोटो नर्वेको स्पार्भार द्वीप समूह नजिक तीन दिनको पर्खाइपछि खिच्न सफल भएको बीबीसीले जनाएको छ ।

पिपल्स चोइस अवार्डका लागि विश्वभरबाट भोटिङ गरिएको थियो । सिरिखानीले खिचेको बरफमाथि सुतिरहेको भालुको फोटोले ७५ हजारभन्दा बढी भोट पाएको थियो । बहुमतको आधारमा सोही फोटोले ‘पिपल्स चोइस अवार्ड’ जित्न सफल भएको हो ।

नेचुरल हिस्ट्री म्युजियमले हरेक वर्ष वाइल्डलाइफ फोटोग्राफर अफ दि ईयर पिपल्स च्वाइस अवार्ड फोटोग्राफी प्रतियोगिता आयोजना गर्दछ । सन् २०२३ का लागि ५० हजार भन्दा बढी फोटाहरु प्राप्त भएका थिए । तीमध्ये १०० फोटाहरु अन्तिम प्रतिस्पर्धामा राखिएका थिए ।

सिरिखानीले आफ्नो फोटोलाई ‘आइस बेड’ (बरफको ओछ्यान) नाम दिएको थिए । जलवायु परिवर्तनको विश्वव्यापी संकटका बीच मस्त निद्रामा रहेको भालुको फोटो आशा जगाउने खालको रहेको उनले उल्लेख गरेका छन् ।

निमा सारिखानी

सारिखानीले व्यावसायिक उद्देश्यले नभई रमाइलोका लागि फोटो खिच्ने गरेको बीबीसीले जनाएको छ । यो फोटोबाट विश्वप्रतिष्ठित अवार्ड जित्दा निकै सम्मानित महसुस गरेको उनले बताएका छन् । उनले भनेका छन्, ‘जलवायु परिवर्तन हामी सामु ठूलो चुनौती हो । मलाई आशा छ कि यो फोटोले आशा जगाउने छ । हामीले जे गलत क्रियाकलाप गरेका छौं, त्यसलाई सच्याउने समय आएको छ ।’

लिङ्कडइन प्रोफाइल अनुसार सारिखानी सन् २०१७ देखि ह्याम्बलडेन क्यापिटलमा प्रबन्धक साझेदारको रुपमा कार्यरत छन् । ह्याम्बलडेन क्यापिटल विदेशमा प्रत्यक्ष लगानी गर्ने लण्डनस्थित कम्पनी हो ।

लण्डनबाट अर्थशास्त्र र गणितमा स्नातकसम्म अध्ययन गरेका उनी अफ्रिकी संरक्षण विकास समूह, प्रिभेल, एसएमई क्यापिटल र टाइन वेल्थ होल्ङ्सिमा बोर्ड सदस्य पनि छन् ।

नेचुरल हिस्ट्री म्युजियमका निर्देशक डा. डगलस गूरले निमा सिरिखानीले खिचेको फोटो निकै लोभालाग्दो र मार्मिक भएको बताएका छन् । यो फोटोमा हामीले हाम्रो सुन्दरता र नाजुकता देख्न सक्छौं । जलवायु परिवर्तन र ग्लोबल वार्मिङका बीच यी भालुहरुको बासस्थान नासिदै गएको छ । यसलाई बचाउन आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?