
२४ माघ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायव महानिरीक्षहरुको काज सरुवा र एक सय जना सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा भएका छ ।
यस्तै सशस्त्र प्रहरी बल नेपाल-४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीलाई नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनमा सरूवा गरिएको छ ।
यस्तै दिपक कुमार थापालाई सशस्त्र प्रहरी बल नेपाल प्रहरी कार्यालय सीमा सुरक्षा विभागमा ल्याइएको छ । यसैगरी समेनन्द बज्राचार्यलाई सशस्त्र प्रहरी बल मानव श्रोत विभागबाट सशस्त्र प्रहरी बल ४ नम्बर गण हेडक्वार्टर सुनसरीमा सरुवा गरिएको छ।
यता हर्कराज पन्तलाई एपीएफ अस्पतालबाट सशस्त्र प्रहरी बल ४४ नम्बर गण हेडक्वार्टर दार्चुलामा सरुवा गरिएको छ।
त्यसैगरी राजु श्रेष्ठलाई एपीएफ कमाण्ड तथा स्टाफ कलेज, काठमाडौंमा सरूवा गरिएको छ भने विजय कुमार केसीलाई मावन स्रोत साधन विभागमा सरूवा गरिएको मुख्यालयले जनाएको छ ।
यस्तै मनोज थापालाई नेपाल-३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरमा, दिपेन्द्र कुँवरलाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, हर्क बहादुर विष्टलाई नेपाल नम्बर ४३ रिजर्भ गण मुख्यालय बनबेहडा कैलालीमा सरूवा गरिएको छ ।
एसपी महेश केसीलाई नेपाल मानव स्रोत विभाग, अर्जुन खत्रीलाई नेपाल-९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं, दिपेन्द्र गिरीलाई नेपाल -१ बराह बाहिनी मुख्यालय सुनसरी सरूवा गरिएको छ ।
प्रतिक्रिया 4