+
+

नक्कली बिहे कार्ड छपाएर नगरपालिकाबाट आर्थिक सहायता लिन खोजेपछि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १९:४०
सांकेतिक तस्वीर

२५ माघ, जनकपुरधाम । रौतहटको मौलापुरमा छोरीको विवाह भन्दै नक्कली निम्तो कार्ड छपाएर एकजनाले नगरपालिका कार्यालयबाट आर्थिक सहयोग लिन खोजेको खुलेको छ ।

मौलापुर नगरपालिका–९ सोनखियाका महिन्द्र राय यादवले छोरीको बिहे भन्दै नगरपालिकाबाट ३० हजार रुपैयाँ आर्थिक सहायता लिन खोजेका हुन् ।

मेयर रीना साहका अनुसार महिन्द्रले बिहीबार (२५ माघ) छोरीको बिहे रहेको भन्दै निमन्त्रणा कार्ड छपाएका थिए । त्यही कार्डको आधारमा वडा नं. ९ का वडाध्यक्ष श्यामकिशोर साहले उनलाई आर्थिक सहयोग गरिदिन सिफारिस गरेका थिए ।

वडाध्यक्षको सिफारिसका आधारमा ३० हजार रुपैयाँको चेक लिएर मेयर साह बिहीबार महिन्द्रको घर पुगेकी थिइन् । तर, घरमा पुग्दा विवाहको कार्यक्रम नै नरहेको पाइएको उनले बताइन् ।

‘म आर्थिक सहयोगका लागि चेक लिएर ३ पटक उनको घर पुगेँ । घरमा बिहे नै छैन । उहाँको श्रीमतीलाई सोध्दा २–३ दिनअघि नै मन्दिरमा बिहे भइसक्यो भन्नुभयो’, मेयर साहले भनिन् ‘छिमेकसंग सोध्दा उहाँको घरमा बिहे छैन ।’

दोस्रो कार्यकालसमेत निर्वाचित मेयर साहका अनुसार २०७४ सालदेखि नगरपालिका भित्रका विपन्न परिवारको छोरीको बिहेमा नगरपालिकाले वडा कार्यालयको सिफारिसमा ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ । त्यसका लागि बिहेको कार्डसहित वडा कार्यालयबाट एक हप्ताअघि सिफारिस गराउनुपर्छ । त्यसै आधारमा नगरपालिका कार्यालयले रकम सहयोग गर्दै आएको छ ।

वडा नं. ९ का वडाध्यक्ष श्यामकिशोर साहले वडामा विपन्न परिवारले विहे कार्ड लिएर सहयोगको लागि आएपछि सिफारिस गरिदिएको बताए । ‘म सबैको घरमा गएर बुझ्दिन नि । उहाँ कार्डसहित आउनुभयो । मैले सिफारिस गरिदिएँ’, वडाध्यक्ष साहले भने ।

वडाध्यक्ष साहले मेयरले आफूसँग रिसइबी साँधेको बताए । उनले आफूले सिफारिस गरेको घरमा छोरीको विवाह भएको पनि बताए । ‘यादवले एक वर्षअघि छोरीको बिहे गर्नु भएको थियो । त्यति बेला उहाँले सहयोग पाउनुभएन । पटक पटक सहयोगको लागि भन्दै पनि आउनुभएको थियो ।’

नक्कली बिहे कार्ड छपाएका महिन्द्रले भने आफूले छोरीको बिहे गत वैशाखमा गरेको र आर्थिक सहायता लिनका लागि पहिले दिएको निवेदनको फाइल हराएकाले नयाँ प्रक्रिया अघि बढाएको बताए ।

‘मेरो नियत गलत होइन । त्यतिबेला छोरीको बिहेमा सहयोग लिन खोजेपछि नगरपालिकामा फाइल हराइदियो । नगरपालिकाबाट धेरैले आर्थिक सहायता लिएका छन् । म गरिब मान्छे हुँ । मलाइ बदनाम गरियो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?