+
+

नारायणी किनारमा चियाको बृहत प्रदर्शनी हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १३:४१

२५, माघ, चितवन । चितवनको नारायणी नदी किनारमा नेपाली चियाको राष्ट्रिय प्रदर्शनी तथा टि–टेस्टिङ कार्यक्रम हुने भएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, काठमाडौंले ‘स्वदेशमा उत्पादित चिया चिया पिउने गरौं, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ यही माघ २६ र २७ गते प्रदर्शनी मैदानमा नेपाली चिया प्रदर्शनी गर्न लागेको हो ।

आयोजकले बिहिवार नारायणगढमा पत्रकार सम्मेलन गर्दै चितवनमा नै पहिलोपटक यस्तो कार्यक्रम गर्न लागेको जानकारी दिए ।

नेपालमा उत्पादित चियाको देश भित्रै खपत बढाउनुको साथै यसका फाइदाहरूको विषयमा जानकारी दिने, सही चियाको सही रूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने प्रदर्शनी गर्न लागेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।

प्रदर्शनीको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुसालले गर्ने कार्यक्रम रहेको छ ।प्रदर्शनी विहान १० बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ ।

‘धेरै भन्दा धेरै मानिस सहभागी हुने गरी प्रदर्शनीको तयारी गरेका छौं, प्रदर्शनीमा चियाको टेस्टिङ हुने भएकाले खाने तरिका पनि सिक्न पाइने छ’, कार्यकारी निर्देशक डा. भट्टराईले भने चियाका विभिन्न प्रकारका बारेमा समेत जानकारी दिने छौं ।

प्रदर्शनीमा नेपालको चियाका मुख्य जिल्लाहरू झापा, इलामदेखि पश्चिमसम्म उत्पादित चियाको प्रदर्शन हुनेछ ।

नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रका नेपाल टी एसोसिएसन, हिमालयन अर्थोडक्स, टी प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी संघ, स्पेसियालिटी टी एसोसिएसन नेपालमा आवद्ध चियाका व्यवसायीहरूबाट उत्पादित चियाका ब्राण्डहरूको मुख्य रुपमा सहभागिता रहने छ ।

प्रदर्शनीको सहआयोजकमा उद्योग वाणिज्य संघ, चितवन, होटल व्यवसायी संघ चितवन, चियासंग सम्बन्धित विभिन्न संघसंस्थाहरु रहेका छन् भने प्रवद्र्धकमा भरतपुर महानगरपालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?