
२५ माघ, काठमाडौं । कीर्तिपुरमा युवामा ‘आइडिया सेयरिङ’ बारे विषयमा छलफल भएको छ ।
स्वयंसेवक समाजले युवा स्वयंसेवा किन चाहिन्छ भन्ने विषयमा ‘आइडिया सेयरिङ’ कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा मानव संशाधन विज्ञ आकर्षण प्रधानले कीर्तिपुरमा युवा स्वयंसेवा विषयमा प्रस्तुतीकरण गरेका थिए ।
कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा युवाले स्वंयसेवा विषयमा छलफल गरेका थिए ।
युवामा भएको ज्ञान, सीप र क्षमताका माध्यमबाट संगठित रूपमा स्वयंसेवा गर्न २०६१ सालमा स्थापना भएको समाजले युवा क्षमता विकास, विपद् व्यवस्थापन लगायत क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4