+

पाकिस्तानमाथि रोमाञ्चक जितसँगै अष्ट्रेलिया फाइनलमा

२०८० माघ  २५ गते २२:०४ २०८० माघ २५ गते २२:०४
पाकिस्तानमाथि रोमाञ्चक जितसँगै अष्ट्रेलिया फाइनलमा

२५ माघ, काठमाडौं । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानमाथि १ विकेटको रोमान्चक जितका साथ फाइनलमा स्थान बनाएको छ ।

जितको लागि १८० रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो । अष्ट्रेलियाको जितमा राफ म्याकमिलनले २९ बलमा २ चौकासहित १९ र कलुम विडलरले ३ रन बनाए ।

ओपनर ह्यारी दिक्षन ७५ बलमा ५ चौकासहित ५० रनमा आउट भए । ओलिभर पिक ७५ बलमा ३ चौकासहित ४९ रनमा आउट भए । टम क्याम्पबेल २५ रनमा आउट भए ।

पाकिस्तानका अलि राजाले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर ४ विकेट लिए । अरफत मिन्साहले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४८.५ ओभरमा १७९ रनमा अल आउट भयो । पाकिस्तानका अरफत मिन्हासले ६१ बलमा ९ चौकासहित सर्वाधिक ५२ रन बनाए । आजन आवैस ९१ बलमा ३ चौकासहित ५२ रनमा आउट भए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अष्ट्रेलियाको जितमा टम स्टे«करले ९.५ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ६ विकेट लिए ।

अष्ट्रेलियाले उपाधिको लागि आइतबार भारतसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

अष्ट्रेलिया यु-१९ विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय