
२६ माघ, काठमाडौं । नागरिक लगानी कोषको नाफा बढ्दा पनि प्रतिसेयर आम्दानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६.४ प्रतिशत बढेको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५४ करोड ६० लाख रुपैयाँ छ, गत वर्षको यहीं अवधिमा ५१ करोड ३२ लाख रुपैयाँ थियो । कम्पनीको कुल आम्दानी बढ्दा नाफा बढेको देखिन्छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९२ करोड ४५ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा यस्तो आम्दानी ८३ करोड ४३ लाख थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । गत वर्ष दोस्रो त्रैमासमा वार्षिक प्रतिसेयर आम्दानी २४ रुपैयाँ १५ पैसा रहेकोमा अहिले २० रुपैयाँ ५५ पैसामा खुम्चिएको छ । सेयरधनीलाई दिएको सेयर बोनसपश्चात कम्पनीको सेयर संख्या बढ्दा प्रतिसेयर आम्दानी घटेको हो । कम्पनीको सेयर पूँजी ५ अर्ब ३१ करोड रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता २ हजार ११० रुपैयाँ छ ।
प्रतिक्रिया 4