+
+

साहस ऊर्जाले ६ महिनामै बेच्यो डेढ अर्बको बिजुली, नाफा २ गुणा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १२:२३

२६ माघ, काठमाडौं । ८६ मेगावाटको सोलुखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको साहज ऊर्जा कम्पनीले ६ महिनामा १ अर्ब ५३ करोड रुपैयाँको बिजुली बिक्री गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानीसँगै नाफा उल्लेख्य बढेको छ ।

दोस्रो त्रैमासिक अवधिमा कम्पनीले ४५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा समीक्षा अवधिमा २ गुणाले बढेको हो । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा २१ करोड ५९ लाख रुपैयाँ थियो ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ २१ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ५५ पैसा छ । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६८ रुपैयँ ५० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?