+
+

बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा महोत्तरीमा तीनजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १८:२२

२६ माघ, जनकपुरधाम । महोत्तरीमा डाँका गर्दै बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको सम्सी गाउँपालिका १ मा बस्दै आएकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चारजनालाई पक्राउ गरेर महोत्तरी प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा महोत्तरीको सम्सी गाउँपालिका २ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर अन्सारी र भारत बिहारका २१ वर्षीय जियाउल अन्सारी रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

घटना गत २३ गते रातिको हो । प्रहरीका अनुसार राति साढे १ बजेको समयमा बालिकाले लगाएको आमाको गरगहना लुटपाट गरी अपहरण गर्दै घरबाट डेढ किलोमिटर पर लगेर पालैपालो जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

बालिकाले भनेको हुलियाको आधारमा बिहीबार राति ८ बजे उनीहरुलाई पक्राउ गरी पीडित बालिकाबाट सनाखत समेत गराई अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको र फरार एकजनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?