
काठमाडौं । संगीतकार बादल घिमिरेले नयाँ ‘कसम तोड्ने भा’ ल्याएका छन् । मेलिना राई र रामजी खाँडको स्वर रहेको गीतमा राधा खरेलको शब्द र बादलको संगीत छ । गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् ।
प्रेम वियोगको भाव व्यक्त गर्ने गीतको भिडियोमा बादल र प्रियाना आचार्यले अभिनय गरेका छन् । भिडियोमा पति-पत्नीबीचको सम्बन्धमा आउने उतारचढावको कथा प्रस्तुत गरिएको छ । विशाल घिमिरेले निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन र पदम सुवेदीको सम्पादन छ ।
गीत ‘बादल घिमिरे’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4