
काठमाडौं । ‘सिमसिमे पानीमा’ गीतबाट नेपाली सांगीतिक क्षेत्रमा ख्याति कमाएकी गायिका रेखा शाहले जन्मदिनको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेकी छिन् ।
युवा पुस्ताका कहलिएका गायक एवम् सङ्गीतकार रवि शर्मासँगको युगल गायनमा ‘बाँध न मलाई’ बोलको गीत उनले सार्वजनिक गरेकी हुन् ।
पुष्कर खत्रीको रचना र सङ्गीत संयोजन रहेको सो गीतको ‘सिंगिङ-भर्सन’ भिडियोलाई रुपेश थापाले छायाङ्कन र निर्देशन गरेका छन् । भिडियोमा गायिका शाह र गायक शर्माले अभिनय गरेका छन् ।
शास्त्रीय सङ्गीतकी विद्यार्थी गायिका शाहले यस गीतमा पाश्चात्य शैलीको सङ्गीतमा आवाज भरेकी छिन् । गीतको शब्द र सङ्गीतको नयाँ फ्लेवरलाई स्रोता–दर्शकले मन पराउनेमा आफू आशावादी रहेको उनले बताइन् । भिडियो रेखा शाह युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4