+

इन्डुरो रत्नाङ्गेको दोस्रो संस्करण चैतमा हुने

२०८० माघ  २७ गते ६:४५ २०८० माघ २७ गते ६:४५
इन्डुरो रत्नाङ्गेको दोस्रो संस्करण चैतमा हुने

२७ माघ, काठमाडौं ।माउन्टेन बाइक च्यालेन्जको रुपमा रहेको इन्डुरो रत्नाङ्गेको दोस्रो संस्करण चैतको पहिलो साता हुने भएको छ ।

सोलुखुम्बुको फाप्लुस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता चैत १ देखि ४ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक फाप्लु माउन्टेन बाइक क्लबले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर दोस्रो संस्करणको प्रतियोगितामा नेपालसहित विश्वभरका माउन्टेन बाइकका उत्कृष्ट खेलाडी सहभागी हुने बताइएको छ ।

चैतमा हुने दोस्रो संस्करणमा इन्डुरो विश्व सिरिजका शीर्ष राइडर रेमी अबासलोन, ह्युगो पेगियन र एमेरिक लेन्जर लगायत सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

फाप्लु माउन्टेन बाइक क्लबले जिरो लेभल माउन्ट स्कुल र सोलुखुम्बु दुधकुण्ड नगरपालिकासँग मिलेर यो प्रतियोगिता आयोजना गरेको हो ।

इन्डुरो रत्नाङ्गेको दोस्रो संस्करणमा समेत इलिट मेन्स, वुमन्स, मास्टर्स र जुनियर्स गरी ४ विधा समावेश गरिएको छ ।

विजेतालाई आयोजकले नगद पुरस्कारसहित गिफ्ट ह्यामपरको ब्यवस्था गरेको छ ।विश्वस्तरका माउन्टेन बाइक राइडर्सलाई समावेश गरेर प्रतियोगिता आयोजना गरेर पर्यटकीय गन्तव्यको रुपमा रत्नाङ्गेलाई चिनाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको रेस डाइरेक्टर उमंग श्रेष्ठले बताए ।

उनले प्रतियोगितालाई लिएर माउन्टेन बाइक राइसर्डमा देखिएको उत्साहले आफूहरुलाई थप प्रोत्साहन गरेको उल्लेख गरे ।

चैत १ र २ गते अभ्यास सत्र हुनेछ र बाँकी दुई दिन चार विधामा प्रतिस्पर्धा हुनेछ ।प्रतियोगितालाई शेर्पा आउटडोरको केटीएम सिटीले सहयोग गरेको छ ।

इन्डुरो रत्नाङ्गे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय