+
+

मधेशका स्वतन्त्र सांसद अनिरुद्रप्रसाद सिंह जसपा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १७:५४

सप्तरी २७, माघ । सप्तरीको निर्वाचन क्षेत्र ४ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद अनिरूद्रप्रसाद सिंह यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादव मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, राष्ट्रिय सभाका सदस्य मृगेन्द्रकुमार सिंह यादवले सिंहलाई गम्छा, माला र टीका लगाएर स्वागत गरेका छन् ।

पछिल्लो निर्वाचनमा जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार भई ९ हजार ९८५ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार अभिषेक यादवले ७ हजार ९२० मत प्राप्त गरेका थिए ।

योसँगै मधेश प्रदेश सभामा जसपा नेपालका प्रदेश सभा सदस्य सङ्ख्या १९ पुगेको छ । यसअघि महोत्तरी २ (२) बाट निर्वाचित स्वतन्त्र सांसद सुरिता साह र पर्सा ३ (१) बाट निर्वाचित स्वतन्त्र सांसद प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?