+
+

सांसद थापाले एक वर्षमा सामाजिक काममा लगाए ११ लाख

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते १९:०९

२७ माघ, पोखरा । गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेको बताएका छन् ।

शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत आफ्नो एक वर्षे आम्दानी सार्वजनिक गर्दै सबै तलब सामाजिक कार्यमा खर्च गरेको बताएका हुन् ।

सांसद थापाले एक वर्षमा ८ लाख ९६ हजार रुपैयाँ पारिश्रमिक पाएको र विभिन्न शीर्षकमा गरी ११ लाख १२ हजार रुपैयाँ सामाजिक काममा लगाएको जानकारी दिए ।

‘मैले तलब, भत्ता बापत पाएको पारिश्रमिकमा २ लाख १६ हजार रुपैयाँ थपेर खर्च गरेको छु’, उनले भने, ‘मेरो अघिल्लो कार्यकालमा पनि सबै पारिश्रमिक सामाजिक कार्यमा खर्च गरेको थिएँ ।’

गण्डकी प्रदेश सरकारको पूर्वकानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री थापाले २०७९ पुस २५ गतेदेखि दोस्रो पटक सांसदको कार्यकाल सम्होलका थिए । उनी नेपाली कांग्रेसबाट कास्की २ ‘२’ मा दोस्रो पटक निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?