+

बगर भाइखलक भेट्रान फुटबलको उपाधि जोरपाटी र संगमलाई

२०८० माघ  २७ गते २०:२५ २०८० माघ २७ गते २०:२५
बगर भाइखलक भेट्रान फुटबलको उपाधि जोरपाटी र संगमलाई

२७ माघ, पोखरा । पोखरामा भएको १३ औं संस्करणको बगर भाइखलक भेट्रान फुटबलको उपाधि जोरपाटी भेट्रान काठमाडौं र संगम भेट्रान पोखराले जितेका छन् ।

पोखरा टुँडिखेल मैदानमा शनिबार भएको फाइनलमा खेलमा ४० वर्षमाथि उमेर समूहमा जोरपाटी भेट्रान टिम च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा जोरपाटी भेट्रानले नागस्वेती भेट्रानलाई सडेन डेथमा ८–७ ले हराउँदै उपाधि चुमेको हो ।

४० वर्षमाथि उमेर समूहको भेट्रान फाइनलमा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ को बराबरी भएपछि नतिजा सडेन डेथमा पुग्यो ।

सडनडेथसम्म पुग्दा दुबै टिमबाट कुल १०–१० पेनाल्टी प्रहार गरेका थिए । उपाधिसँगै जोरपाटीले २ लाख रुपैयाँ र उपविजेता बनेको नागस्वेतीले एक लाख रुपैयाँ प्राप्त गरेको छ ।

त्यस्तै, ५० वर्षमाथिको उमेर समूहमा आयोजक बगर भाइखलकलाई २–१ ले हराउँदै संगम क्लबले उपाधि जित्यो । उपाधिसँगै संगमले नगद एक लाख रुपैयाँ प्राप्त ग¥यो भने बगरले ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।

बगर भाइखलकले १३ वर्षदेखि ४० वर्षमाथिका विभिन्न उमेर समूहमा भेट्रान फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । माघ २१ गतेदेखि सुरु भएको खेलमा भारतका पूर्व राष्ट्रिय खेलाडी सम्मिलित २ टिमसहित विभिन्न उमेर समूहमा ३६ टिम सहभागी थिए ।

बगर भाइखलक भेट्रान फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय