
२८ माघ, काठमाडौं । देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम सफा रहेको छ । तराईका धेरैजसो स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव परेका कारण दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सोमबार र मंगलबार पनि देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4