+
+

जाजरकोटका भूकम्प पीडितलाई प्रारम्भको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते ११:४६

२८ माघ, जाजरकोट । गत कात्तिक महिनामा गएको भूकम्प प्रभावित क्षेत्रमा प्रारम्भ नेपालले न्यानो सिरक र डस्ना हस्तान्तरण गरेको छ ।

भूकम्पपछि हिउँदका तीन महिना त्रिपालमुनि बसेका ४०० बढी पीडित परिवारलाई प्रारम्भले राहतस्वरुप न्यानो कपडा वितरण गरेको हो ।

जाजरकोटको भेरी नगरपालिका-२ का बासिन्दालाई सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना, स्थानीय जनप्रतिनिधिहरुले कपडा वितरण गरे ।

ज्येष्ठ नागरिक, सुत्केरी, अपांगता भएका व्यक्तिहरुलाई केही आर्थिक सहयोग समेत गरिएको अध्यक्ष क्षेत्रीले बताइन् ।

पीडितहरुले विभिन्न सहयोगी संस्थाहरुको सहयोग प्राप्त भएपनि गास, बासको व्यवस्था, स्वास्थ्य सेवा पर्याप्त नभएको गुनासो गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?