+
+

सोनी म्युजिकले ६०० मिलियन डलरमा किन्यो माइकल ज्याक्सनका गीत

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १२:१५

काठमाडौं । सोनी म्युजिक ग्रुपले विश्वचर्चित दिवंगत गायक माइकल ज्याक्सनको संगीतको आधा क्याटलगलाई ६०० मिलियन अमेरिकी डलरमा खरिद गरेको छ ।

बीबीसीका अनुसार यो सम्झौताअनुसार गायकको संगीत सम्पत्ति १.२ बिलियन डलरले बढ्ने छ । एकल संगीतकर्मीका लागि यो सम्झौता अहिलेसम्मकै ठूलो बताइएको छ ।

सन् २००९ मा ५० वर्षको उमेरमा निधन भएका ज्याक्सन सर्वकालीन सफल पपस्टार हुन्, जसका एल्बमले विश्वभर ४०० मिलियन डलरभन्दा बढी बिक्रीको रेकर्ड राखेका छन् । यो संख्या अझ बढी हुनसक्ने बताइन्छ ।

गिनिज विश्व कीर्तिमानका अनुसार सन् १९८२ मा रिलिज भएको एल्बम ‘थ्रिलर’ अझै पनि धेरै बिक्री हुनेमध्ये  पर्छ । पपको राजा भनिने ज्याक्सनलाई अहिले पनि स्पोटीफाइमा मासिक ४० मिलियन पटक सुनिन्छ ।

उनका गीतहरु ‘बिली जिन’ र ‘बीट इट’गीतलाई स्पोटीफाइमा एक अर्बभन्दा बढी पटक बजाइएको छ । ज्याक्सनको भतिजाले शीर्ष भूमिका निर्वाह गर्ने आगामी बायोपिक फिल्मले पनि नि:सन्देह चासो बढाउने छ ।

ब्याक क्याटलग सम्झौतामा ज्याक्सनको मिज्याक प्रकाशन समूहले अधिग्रहण गरेका अन्य कलाकारका गीतहरु पनि समावेश गरेको भनिएको छ, जसमा रे चार्ल्स, एल्विस प्रेस्ली र अरेथा फ्र्याङ्कलिनका हिट गीतहरू समावेश छन् ।

कलाकारले आफ्ना पुराना क्याटालग बिक्री गर्नु एक ठूलो व्यापार हो । ब्रस स्प्रिंगस्टिनले आफ्ना पुराना गीत ५०० मिलियन डलर र बब डिलनले ४५० मिलियन डलरमा गीत बिक्री गरेको जनाइएको छ । रक ब्याण्ड क्वीनले पनि आफ्ना क्याटालग बिक्री गर्ने योजना बनाइरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?