
२८ माघ, काठमाडौं । निजी दूरसञ्चार कम्पनी एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका विभिन्न स्थानमा फोरजी नेटवर्क थप सुधार गरेको छ । योसँगै ती क्षेत्रका ३० भन्दा बढी स्थानका ग्राहकले अब फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्यान्डबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।
सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता बमोजिम एनसेलले ती स्थान फोरजी सेवा थप सुधार गरेकोे जनाएको छ ।
एनसेलका अनुसार मधेश प्रदेशका औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहरपट्टी, मटिहानी, मिथिला बिहारी, नहरा, नवराजपुर, पिपरा गरी दुई दर्जनभन्दा बढी स्थानमा फोरजी सेवा सुधार गरिएको छ ।
त्यसैगरी गण्डकी प्रदेशका आँबुखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा पनि फोरजी सुधारिएको छ । देशका अन्य भागमा पनि विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना एनसेलको छ । हालै एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा फोरजी सेवा सुधार गरेको थियो ।
एनसेलले सुलभ दरमा मोबाइल ब्रोडब्यान्ड पहुँचबाट लाभ लिन सक्ने गरी विभिन्न आकर्षक अफर पनि ल्याइरहेको छ । हालै एनसेलले तीन वटा डबल मजा प्याक सञ्चालनमा ल्याएको छ । यसमा ग्राहकले प्याकको भ्यालिडिटी समाप्त हुनुअघि फेरि सोही प्याक खरिद गरे डबल डेटा बोनस प्राप्त गर्न सक्नेछन् ।
एनसेलले मधेश प्रदेशमा विभिन्न व्यावसायिक सामाजिक जिम्मेवारीका आयोजना पनि कार्यान्वयन गरेको छ । आधुनिक डिजिटल ल्याब आयोजना, एडप्ट ए स्कूल, सात विद्यालयलाई कक्षा कोठा, शौचालय निर्माण, खानेपानी सुविधा र पुस्तकालय स्थापनामा सहयोग गरेको छ ।
त्यसैगरी धनुषाधाममा ३३ हेक्टर जमिनमा ५० हजारभन्दा बढी रुख रोपिएको छ भने सीमान्तकृत समुदायका महिलालाई शिक्षित बनाउन उमन एडल्ट लिटरेसी कार्यक्रम सञ्चालन गरिएको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा एनसेलले पाँच विद्यालयमा आधुनिक डिजिटल ल्याब स्थापना गरेको छ भने एडप्ट ए स्कुल कार्यक्रम मार्फत ६ विद्यालयलाई कक्षा कोठा निर्माण, खानेपानीको सुविधा, फर्निचर, शौचालय निर्माण र शैक्षिक सामग्री उपलब्ध गराइएको छ । व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेलले हालसम्म १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको जनाएको छ ।
प्रतिक्रिया 4