
२८ माघ, काठमाडौं । आदिवासी जनजाति पत्रकार संघ फोनिजले कार्यक्रमस्थलमै गरेको विरोधकाबीच नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले निकालेको पुस्तक सार्वजनिक भएको छ ।
पुस्तकमा समावेश सामग्रीमा कृष्णप्रसाद भट्टराईलाई महासंघको संस्थापक अध्यक्षका रुपमा चिनाइएको भन्दै फोनिजले कार्यक्रमस्थलमै नाराबाजी र विरोध प्रदर्शन गरेको थियो ।
फोनिजले महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ रहेको दाबी गर्दै आएको छ ।
फोनिजका महासचिव मिलन लिम्बुले महासंघले कृष्णप्रसाद भट्टराईलाई महासंघको संस्थापक अध्यक्ष बनाएर गलत इतिहासलाई दस्तावेजिकरण गर्ने प्रयास भइरहेकाले विरोध गर्नु परेको बताए ।
उनले सत्यनारायणबहादुर श्रेष्ठ नै महासंघको संस्थापक अध्यक्ष रहेको दाबी गर्दै गलत दस्तावेजिकरण गर्न खोजेमा महासंघ विरूद्ध नै आन्दोलन गर्ने चेतावनी पनि दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4