+

यू-२२ एसियन च्याम्पियनसिपमा पदक जितेको १ वर्षपछि बक्सिङ खेलाडीलाई सरकारको पुरस्कार

२०८० माघ  २८ गते १५:१० २०८० माघ २८ गते १५:१०
यू-२२ एसियन च्याम्पियनसिपमा पदक जितेको १ वर्षपछि बक्सिङ खेलाडीलाई सरकारको पुरस्कार

२८ माघ, काठमाडौं । नेपाली यू–२२ बक्सिङ टिमले गत वर्ष भएको यू-२२ एसियन मेन्स एण्ड वुमन्स च्याम्पियनसिपमा प्राप्त गरेको नतिजाअनुरुप पुरस्कार प्राप्त गरेको छ ।

४८ केजी तौलमा खेल्ने सुस्मा तामाङले प्रतियोगितामा ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

मन्त्रालयले एक कार्यक्रम आयोजना गर्दै यू–२२ बक्सिङ टिम र यू–१९ क्रिकेट टिमलाई पुरस्कार अनुसुची अनुसार नगद पुरस्कार प्रदान गरेको हो ।

जसमा बक्सिङ तर्फका पदक विजेता ४ खेलाडी र २ प्रशिक्षकले पुरस्कार प्राप्त गरेका छन् ।

रजत जितेकी सुष्मा तामाङले ६ लाख रुपैयाँ पाइन् भने कांस्य पदक जितेका हेमा राई, त्रिशा जबेगु, विजय बाटाले जनही ३ लाख रुपैयाँप्राप्त गरे ।

मुख्य प्रशिक्षक दीपक महर्जनले १ लाख ८ हजार र सहायक प्रशिक्षक सन्दिप श्रेष्ठले ७२ हजार रुपैयाँ हात पारेका छन् ।

अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी खेलाडीको पुरस्कार सुस्मा तामाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय