+

हङ्गकङ्गका रेमण्ड चुलाई एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड

२०८० माघ  २८ गते १७:५४ २०८० माघ २८ गते १७:५४
हङ्गकङ्गका रेमण्ड चुलाई एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड

२८ माघ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हङ्गकङ्गका रेमण्ड चुलाई एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड प्रदान गरेको छ ।

काठमाडौंमा भएको २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उनलाई यो अवार्ड प्रदान गरिएको हो ।

पहेलो रंगको कपाल चश्मा र फुर्तिलो शरीरका चु हङकङ स्पोर्ट्स प्रेस एसोसियसनका अध्यक्ष तथा एआईपीएसका प्रमुख मेन्टर हुन् ।

एसियाली खेलकुद पत्रकार महासंघ एआईपीएस एसियाका पूर्व प्रथम उपाध्यक्षको जिम्मेवारी निभाइसकेका रेमण्ड हङकङका चर्चित पत्रकार पनि हुन् ।

नाउ टिभीका वरिष्ठ प्रोजेक्ट मेनेजर उनी फुकुसिन प्रडक्सन हवका महाप्रवन्धक पनि हुन्।

रेमन्डसँग विश्वका ठूला प्रतियोगिताहरुमा रिपोर्टिङको अनुभव छ । सन् १९८८ को सिउल ओलम्पिकदेखि उनले छ वटा ओलम्पिकमा रिपोर्टिङ गरिसकेका छन् ।

सन् १९९० मा इटालीमा भएको विश्वकपसँगै त्यसयता का ५ वटा संस्करणमा रिपोर्टिङ गरेका उनीसँग ४ वटा एसियन गेम्सको समाचार संकलनको अनुभव छ ।

हङकङ चाइनाको राष्ट्रिय खेलकुदमा उनले सन् १९९७ देखि नियमित समाचार संकलन गरिरहेका छन् ।

पत्रकारिताका अलावा उनी हङकङ उत्कृष्ट एथलेटिक्स अवार्डका प्रमुख पनि हुन् ।

पल्सर स्पाेर्टस अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय