२८ माघ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले हङ्गकङ्गका रेमण्ड चुलाई एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड प्रदान गरेको छ ।
काठमाडौंमा भएको २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उनलाई यो अवार्ड प्रदान गरिएको हो ।
पहेलो रंगको कपाल चश्मा र फुर्तिलो शरीरका चु हङकङ स्पोर्ट्स प्रेस एसोसियसनका अध्यक्ष तथा एआईपीएसका प्रमुख मेन्टर हुन् ।
एसियाली खेलकुद पत्रकार महासंघ एआईपीएस एसियाका पूर्व प्रथम उपाध्यक्षको जिम्मेवारी निभाइसकेका रेमण्ड हङकङका चर्चित पत्रकार पनि हुन् ।
नाउ टिभीका वरिष्ठ प्रोजेक्ट मेनेजर उनी फुकुसिन प्रडक्सन हवका महाप्रवन्धक पनि हुन्।
रेमन्डसँग विश्वका ठूला प्रतियोगिताहरुमा रिपोर्टिङको अनुभव छ । सन् १९८८ को सिउल ओलम्पिकदेखि उनले छ वटा ओलम्पिकमा रिपोर्टिङ गरिसकेका छन् ।
सन् १९९० मा इटालीमा भएको विश्वकपसँगै त्यसयता का ५ वटा संस्करणमा रिपोर्टिङ गरेका उनीसँग ४ वटा एसियन गेम्सको समाचार संकलनको अनुभव छ ।
हङकङ चाइनाको राष्ट्रिय खेलकुदमा उनले सन् १९९७ देखि नियमित समाचार संकलन गरिरहेका छन् ।
पत्रकारिताका अलावा उनी हङकङ उत्कृष्ट एथलेटिक्स अवार्डका प्रमुख पनि हुन् ।
प्रतिक्रिया 4