+
+

मातृका यादवको रिपोर्टिङ : नेताहरू जाँड, रक्सी र जुवामा, कार्यकर्ता धम्की र घुर्कीमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १८:५१

२८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले आफू इन्चार्ज रहेको कर्णाली प्रदेशको पार्टी कमिटीमा अनुशासनको समस्या रहेको रिपोर्टिङ गरेका छन् ।

पार्टी केन्दीय समितिको पाँचौँ पूर्ण बैठकमा रिपोर्टिङका क्रममा प्रदेश इन्चार्जसमेत रहेका यादवले कर्णालीमा संगठन राम्रो भए पनि कार्यकर्तामा अनुशासनको समस्या रहेको रिपोर्टिङ गरेका हुन् ।

‘कर्णाली प्रदेशमा हाम्रो पार्टीको सबैभन्दा राम्रो संगठन छ । विशेषताका हिसाबले पनि फरक छ, तर साथीहरूको चिन्तनमा समस्या छ’, यादवले बैठकमा भने, ‘पार्टीको कार्यकर्ता पंक्तिमा धम्की र घुर्की देखाउने चलन देखिन्छ भने नेताहरूमा जाँड, रक्सी र जुवामा रमाउने संस्कार देखिन्छ । यस्तै लेबी शुल्क नबुझाउने समस्या पनि अन्य प्रदेशको जस्तै छ ।’

तर पार्टीका सबै कमिटीमा निर्णय भएको कुरा लागू गर्न भने सबै लाग्ने गरेको भन्दै उनले प्रशंसा पनि गरेका छन् । उनले कर्णालीमा पार्टी क्रान्तिको साधन हुन नसकेको, बरु नेता र कार्यकर्ता व्यवस्थापन गर्ने साधन जस्तो भएको उनले रिपोर्टिङ गरेका छन् ।

यस्तै पार्टीको कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जाजरकोट–रुकुम भूकम्प पश्चात सरकारले इतिहासमै छिटो पहलकदमी लिएको र त्यसले जनतामा उत्साह आएको बताइन् ।

उनले पार्टीको चार महिने रुपान्तरण अभियानका क्रममा कर्णालीका ९ लाखमध्ये ६ लाख मतदातसम्म पार्टी पुगेको बताइन् । ‘अभियानले नेता कार्यकर्ताका कार्यक्षमता पहिचान गर्ने नयाँ अवसर प्राप्त भएको छ’, अध्यक्ष केसीले भनिन्, ‘केन्द्रीय नेताहरुलाई अन्तर जिल्ला कार्यविभावन गर्नुपर्छ । अभियान समापन होइन, भर्खरै उद्घाटन भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?