+
+

काठमाडौंमा सडक पेटी बिगार्दा १५ हजार जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते २०:१२

२८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटी बिगार्नेलाई जरिवाना गरेको छ । वडा नं १६ का कृष्ण महर्जनले सडक पेटी बिगारेको भन्दै महानगरपालिकाले १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

महानगरपालिकाले गरेको अनुगमनको क्रममा सटरको लागि पेटीबाट भर्‍याङ उठाएको र सडक पेटीमा सामानहरु राखेर बिगारेको भन्दै कारबाही गरेको हो ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भन्छन्, ‘सडकपेटी पैदल यात्रुहरुको लागि हो, यसमा कुनैपनि किसिमको अवरोध, अड्चन गर्न पाइँदैन । त्यस्तो थाहा पाएमा महानगरपालिकाले कारबाही गर्छ । महानगर प्रहरी नियमित अनुगमन मै हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?