
२८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटी बिगार्नेलाई जरिवाना गरेको छ । वडा नं १६ का कृष्ण महर्जनले सडक पेटी बिगारेको भन्दै महानगरपालिकाले १५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
महानगरपालिकाले गरेको अनुगमनको क्रममा सटरको लागि पेटीबाट भर्याङ उठाएको र सडक पेटीमा सामानहरु राखेर बिगारेको भन्दै कारबाही गरेको हो ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भन्छन्, ‘सडकपेटी पैदल यात्रुहरुको लागि हो, यसमा कुनैपनि किसिमको अवरोध, अड्चन गर्न पाइँदैन । त्यस्तो थाहा पाएमा महानगरपालिकाले कारबाही गर्छ । महानगर प्रहरी नियमित अनुगमन मै हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4