+
+

माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते २१:४२

२८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झापाका नेता पुरी र उनकी केशावतीलाई दोषी ठहर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

झापाको बालुवाटार काण्ड भनेर चिनिने दमक नगरपालिका–१३ को सरकारी जग्गा हडपेर सम्पत्ति कायम गरेको पुरीमाथि आरोप थियो । विशेष अदालतले पनि उनको आयभन्दा व्यय ४ करोड रुपैयाँ बढी देखिएको ठहर गरेको छ ।

पुरीसहित ६ जनाविरुद्ध २१ माघ २०७७ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेको थियो । ६ जनाविरुद्ध मुद्दा दायर भएकामा २ जनामात्र दोषी ठहर भएका हुन् । उनीहरुविरुद्ध सजाय निर्धारणका लागि ६ फागुनमा पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?